२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह



जेरुसेलम । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’ आग्रह गरेको छ ।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको दुर्लभ अपिलमा भने, ‘हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौं ।’

उनले भने, ‘इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतङ्कवादी विरुद्ध व्यापक आक्रमण गर्नेछ ।’

हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण सुरु गरेको छ । उनले भने, ‘यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ ।’ रासस/एएफपी

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार
Translate »