२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।

उनलाई सामान्य ज्वरो आएको छ । ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा उनले आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
Translate »