२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

जन नमूना माविका छात्र सिद्धार्थ ढकाल एमवीवीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल



वीरेन्द्रनगर । जन नमूना माध्यमिक विद्यालयबाट अध्ययनरत विद्यार्थी हरेक स्तरबाट आफुलाई अब्बल सावित गर्दै आईरहेका छन् ।

राष्ट्रिय स्तरमै हुने विभिन्न शैक्षिक प्रतियोगितामा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत जन नमूना माविका विद्यार्थीले आफुलाई अब्बल सावित गरेका छन् ।

पछिल्लो समय जन नमूना माविबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेका होनहार विद्यार्थी सिद्वार्थ ढकालले यस वर्षको एमवीवीएस प्रवेश परीक्षातर्फ पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको विद्यालयका प्राधानाध्यापक यामबहादुर श्रेष्ठले जानकारी दिए । उनले हरेक वर्ष राष्ट्रिय स्तरका इंन्जिनियरिङ्ग र मेडिकल प्रवेश परीक्षातर्फ छात्रबृत्तिमामा जन नमूना माविका कुनै न कुनै विद्यार्थीले सफलता हासिल गर्दै आईरहेको बताए ।

‘एमवीवीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल ढकालले आफ्नो मात्र शैक्षिक उन्नती गरेका छैनन्,’ उनले भने, ‘जन नमूना मावि सुर्खेतको समेत ख्याति बढाउन ढकाल सफल भएका छन् । विद्यालय परिवार उनलाई हार्दिक बधाईसँगै उत्तरोत्तर प्रगतिको कामना गर्छ ।’

उनले मेहनतशील विद्यार्थीहरु जहिले पनि आफ्नो लक्ष्यप्रति दृढ हुने भएकाले आफ्नो व्यक्तिगत उन्नतीसँगै आफ्नो परिवार र विद्यालयको नाम समेत रोशन गर्ने गरेको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार
Translate »