हुम्लाकी सुत्केरीलाई उद्दार गरेर सुर्खेत ल्याईयो


सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्दार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत हुम्लाबाट उनको उद्दार गरेर थप उपचारका लागि सुर्खेत ल्याईएको हो ।

अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पु¥याईएपनि त्यहाँ उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्दार गरेर प्रदेश अस्प्ताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताईन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्दार गर्दै आएको छ ।

