बुद्धिजीवी परिषद् सुर्खेतको अध्यक्षमा लामिछाने

सुर्खेत । नेपाल बुद्धिजीवी परिषद् सुर्खेतको अध्यक्षमा थानेश्वर लामिछाने निर्वाचित भएका छन् ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न परिषद्को सातौं जिल्ला अधिवेशनले लामिछानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्को जिल्ला उपाध्यक्ष हस्तबहादुर पुलामी, सचिव महेन्द्रविक्रम विसी, कोषाध्यक्ष देवेन्द्रकुमार वाग्ले तथा सह–सचिवमा भिमबहादुर रोकाया निर्वाचित भएका छन् ।

अधिवेशनले सदस्यमा बेदप्रकाश ढकाल, किरण भण्डारी, जागेश्वर उपाध्याय, शेरबहादुर केसी, राजु आचार्य, कमल तिवारी, घनश्याम पोख्रेल, माधव सिंह, बिनुकुमारी खड्का, जितबहादुर सारू, ध्रुवकुमार अधिकारी, टिकाराम पौडेल र उपेन्द्र मल्ललाई निर्वाचित गरेको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बौद्धिक क्षमता, नीतिगत योगदान र समाजप्रति उत्तरदायित्व बहन गर्दै परिषद्ले संगठन, समाज र राष्ट्र निर्माणमा अग्रगामी भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।

त्यस्तै नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले नवनिर्वाचित कार्य समितिले अझ सशक्त, विचारशील र जनउत्तरदायी बनोस् भन्ने शुभकामना व्यक्त गरे ।

Translate »