जिल्ला अस्पताल रुकुम पश्चिमको भवन निर्माणमा ढिलाइ

रुकुम पश्चिम । जिल्ला अस्पताल रुकुम पश्चिमको भवन निर्माणमा ढिलाइ भएको छ । निर्धारित समय भन्दा एक वर्ष बढी भइसक्दा पनि अस्पताल भवन निर्माणले पूर्णता पाउन सकेको छैन । २०८१ को असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ७ गते खानी थोडङ–मेसन जेभी निर्माण कम्पनीले जिम्मा लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि यो वर्षको चैत्र मसान्तसम्मको समय थप गरिएको थियो । तर यो समयमा पनि भवन निर्माण सम्पन्न भएको छैन ।

कम्पनीले अझै ४ महिनाको समय मागिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए । तर असार मसान्तसम्मको समयका लागि प्रदेशमा लेखि पठाइएको उनको भनाई छ । यो समयमा पनि भवन निर्माणले पूर्णता पाउनेमा आशङ्का देखिएको उनले बताए । यो भवन निर्माण भएमा जिल्ला अस्पतालको सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

Translate »