सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेशको अतिरिक्त कार्यभार सम्हाले

सुर्खेत । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको अतिरिक्त कार्यभार सम्हालेका छन् ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका प्रस्थान गरेपछि मियाँले आज प्रदेश प्रमुखको अतिरिक्त कार्यभार सम्हालेका हुन् । आँखाको उपचार गर्न प्रदेश प्रमुख जोशी अमेरिका गएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार उनले आज कर्णाली प्रदेश प्रमुखको अतिरिक्त कार्यभार सम्हालेका हुन् । प्रदेश प्रमुख मियाँले आफ्नो कार्यथलो सुदूरपश्चिम भएपनि नेपाल सरकारले कर्णाली प्रदेशको समेत अतिरिक्त कार्यभार दिएपछि कर्णालीलाई अझ नजिकबाट बुझ्ने र जान्ने अवसर मिलेको बताए ।

उनले उपचारका लागि अमेरिका प्रस्तान गरेका प्रदेश प्रमुख यज्ञराज जोशीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरे ।

Translate »