हुम्लाको नाम्खामा तीन वटा हिमताल भेटियो


हुम्ला । नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढीको कारण पत्ता लगाउने हुम्ला पुगेका सरकारी टोलीले तीन वटा हिमताल भेटिएको बताएको छ ।
५ हजार ३ सय ५० मिटर उँचाईमा हिम पहिरोको अध्ययन गर्न आएको सरकारी टोलीले तीन वटा हिमताल भेटिएको जानकारी दिएको हो । यहीं जेठ १ गते राती हिम पहिरोले नाम्खा गाउँपालिका–६, तिल गाउँका १८ घरका ३२ जना विस्थापित भएपछि सरकारले विभिन्न पक्षको अध्ययन गर्न विज्ञहरु टोली हुम्ला पठाएको थियो ।


खानी तथा भूःगर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटाका अनुसार यस अघि दुई वटा हिमताल देखिएको स्थानमा तीन, वटा हिमताल भेटिएका छन् । उनले हिम पहिरो गएको स्थानमा पुगेर विभिन्न पक्षको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरिने बताए ।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।


