२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

जाजरकोटको जुनिचाँदेमा ससुरा हत्या आरोपमा बुहारी पक्राउ



जाजरकोट ।  ससुरा हत्या आरोपमा जाजरकोट प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

जिल्लाको जुनिचाँदे गाँउपालिका–५, पाँगाका ७५ वर्षिय गंगाराम शाही हत्या आरोपमा उनकी माइली बुहारी सर्मिला शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले घटना अनुसन्धान गर्दै जाँदा मृत्तक गंगारामको घरकै सदस्यबाट हत्या भएको देखिएपछि उनका जेठा छोरा राजकुमार शाहीको जाहेरीका आधारमा माइली बुहारी सर्मिलालाई प्रक्राउ गरी थप अनुसन्धान अगाडि बढाईएको जनाएको छ ।

प्रहरीका अनुसार २०८२ साउन ११ गते साँझ घरको सिँढी नजिक शाहीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनास्थलबाट हँसिया (खुर्पा) समेत बरामद भएको थियो । पक्राउ परेकी सर्मिलालाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरी सुक्ष्म अनुसन्धान भइरहेको जाजरकोट प्रहरीका सूचना अधिकारी (प्रहरी निरीक्षक) सुधिरकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार
Translate »