२०८३ मंसिर १३ , शनिबार
Sky News Nepal
November 28, 2026

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली मुरियुकोलाई



बाँके । धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जितेका छन् ।

आज बिहान बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान प्राप्त गरेका हुन् । १२औं संस्करणको यो धारा नेपालगञ्ज म्याराथन प्रतियोगितामा नेपाली धावकहरु कुलबहादुर दोस्रो र कृष्णबहादुर तेस्रो स्थानमा रहे ।

यस जितसँगै नेपालगञ्ज म्याराथनको इतिहासमा पहिलोपटक उपाधि विदेशी खेलाडीको पोल्टामा परेको छ । जुलियसको सफलताले यसअघिका संस्करणमा नेपाली धावकले कायम राख्दै आएको उपाधिमाथिको वर्चस्वसमेत तोडिएको छ ।

देश तथा विदेशका धावकहरुको सहभागिता रहेको प्रतियोगिताले नेपालगञ्जको खेलकुद पहिचानलाई थप उचाइ दिएको छ । म्याराथनले खेलकुदसँगै स्वास्थ्य, पर्यटन तथा सामाजिक एकताको सन्देश प्रवाह अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार
Translate »