सुनको मूल्य बढेको बढ्यै, प्रतितोला ७३ हजार ५००

भदौ ९, काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला रू= ७३ हजार ५०० कायम भएको छ । यो आइतवारको तुलनामा रू.१००० बढी हो । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा बढी हो । महासंघले सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको पनि बताएको छ ।

यसअघि गत साउन ३१ गते सुनको मूल्य प्रतितोला रू. ७१ हजार ५०० भएको थियो । त्यसपछिको अवधिमा सुनको मूल्य घटवढ भइरहेको थियो । त्यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य आइतवार रू. ७२ हजार २०० प्रतितोला भएकोमा सोमवार भने रू. ७३ हजार २०० भएको छ । तेजावी सुनको मूल्य पनि रू. १०००ले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको व्यावसायीहरु बताउँछन् । त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । आइतवार प्रतितोला रू. ८५० रहेको चाँदी सोमवार रू. ८६० कायम भएको छ । चाँदीको मूल्य बृद्धि पनि अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।