देउती नागरिक यातायातको भवन शिलान्यास

भदौ २७, सुर्खेत ।
सुर्खेतको चर्चित देउती नागरिक यातायात प्रालिले आफ्नो नयाँ भवनको शिलान्यास गरेको छ । प्रालिले शुक्रबार वीरेन्द्रनगर–३ तातापानीस्थित संस्थाका पदाधिकारीहरूले एक कार्यक्रमका वीच भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । संस्थाको पहिलो वार्षिक सभामा आफूहरूले गरेको प्रतिबद्धताअनुसार जग्गा खरिद गरि कार्यालय भवन निर्माण गर्न लागिएको देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले जानकारी दिए ।

उनले करिब ४५ लाख रुपैयाँको लागतमा जग्गा खरिद गरेर आधुनिक सुविधा सम्पन्न भवन निर्माणको गर्न लागिएको बताए । कार्यालय भवन निर्माणका लागि झण्डै ४० लाख रुपैयाँ खर्च आउने अध्यक्ष खड्काको भनाइ छ । २०७२ सालमा स्थापना भएको प्रालिले हाल वीरेन्द्रनगरको यरीचोकबाट भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । प्रालिसँग हाल साना–ठूला गरी ७३ गाडी वटा सवारी साधन मार्फत दिवा तथा रात्रीकालिन सेवा दिइरहेको छ । निकट भविष्यमै प्रालिले देश थप नयाँ रुटहरुमा स्तरिय सवारी साधनहरु सञ्चालनमा ल्याउने योजना समेत बनाएको अध्यक्ष खड्काले स्काई न्यूज दैनिकलाई बताए ।

 

Translate »