२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 25, 2026

आमा घरलाई टेलिभिजन हस्तान्तरण



भदौ ३०, सुर्खेत ।
अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा वीरेन्द्रनगरमा रहेको आमा घरका बालबालिकाका लागि टेलिभिजन हस्तान्तरण गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच ३२ इन्चको टेलिभिजन हस्तान्तरण गरेका हुन् । कर्णालीका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता असिम अटो पाटर्सका सञ्चालक समेत रहेका कँडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत निमुखा सडक बालबालिकाका लागि झिनो सहयोग गरिएको जनाए ।

‘सडक बालबालिकाको आश्रय स्थलका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ महासचिव कँडेलले भने, ‘नीजि क्षेत्रका तर्फबाट अन्य आवश्यक सहयोग पनि निरन्तर गरिने प्रतिवद्धता जाहिर गर्दछु ।’ उनले कर्णाली प्रदेश सरकारले शुरु गरेको सडक बालबालिका मुक्त बनाउने अभियानमा नीजि क्षेत्रको पनि सक्दो साथ रहने जिकिर गरे । सामाजिक विकास मन्त्रालयको संयोजनमा सञ्चालनमा आएको आमा घरमा अहिले सात जना सडक बालबालिका बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ भदौ ३० गते सोमबार
Translate »