मोटरसाइकल चोर रंगेहात पक्राउ

स्काई न्यूज/ कार्तिक २५, सुर्खेत ।
पूर्वी सुर्खेतको छिन्चुमा प्रहरीले मोटरसाइकल चोरलाई रंगे हात पक्राउ गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिका–१२, छिन्चुमा आइतबार मोटरसाइकल चोरेर भाग्दै गरेका जाजरकोट जुनिचाँदे गाउँपालिका–९, निवासी तोपेन्द्रजंग शाहीलाई रंगेहात पक्राउ गरेको हो । भे ७ प–५६२ नम्वरको निलो कलरको पल्सर मोटरसाइकल चोरी गरेर भागेका शाहीलाई प्रहरीले पक्राउ गरि चोरी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए ।

Translate »