घाईते चितुवाको उद्दार


स्काई न्यूज/ कार्तिक २५, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्थानीयको सहयोगमा घाइते चितुवाको उद्दार गरेको छ । आइतबार वीरेन्द्रनगर–१, गिरीघाट स्थित गंगटे खोलामा स्थानीयले घाइते चितुवा देखेपछि बाङ्गेसीमल प्रहरी चौकीलाई खबर गरेका थिए । प्रहरीले डिभिजन वन कार्यालयका निमित्त प्रमुख टेकबहादुर रावलसहितको टोली लिएर घाइते चितुवाको उद्दार गरेको हो । घाइते चितुवालाई उपचारपछि बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रवि रावलले जानकारी दिए ।

Translate »