२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

महोत्सवको मिति स¥यो

अब पुस ४ देखि १० गतेसम्म


स्काई न्यू/ मंसिर २, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवको मिति सरेको छ । महोत्सव आयोजनाको मिति सार्न सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतका वस्तुगत समितिले माग राखेपछि आयोजकले अब पुस ४ गतेदेखि १० गतेका लागि सारिएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा गर्न लागेको  महोत्सव यसअघि मंसिर १८ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने मिति तोकिएको थियो । आर्थिक समृद्धिका लागि कर्णालीमाउद्योग खोलौं, औद्योगिकरणमा सबैं जुटौं भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सव प्रदेशमा भएका लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन मार्फत यस क्षेत्रको विकास गर्ने मुख्य उद्देश्य रहेको महोत्सव मुल समारोह समितिका अध्यक्ष चन्द्रबहादुर विसीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार
Translate »