जिल्लाकै पहिलो पूर्णकालिन प्रधानाध्यापकमा श्रेष्ठ

स्काई न्यूज/ मंसिर ३, सुर्खेत ।
सुर्खेतको जन नमूना माध्यमिक विद्यालयका यामबहादुर श्रेष्ठ जिल्लाकै पहिलो पूर्णकालिन प्रधानाध्यापक नियुक्त भएका छन् । जन नमूना माविले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पदभार ग्रहण, बधाई तथा शुभकामना कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाले श्रेष्ठलाई ५ वर्षे पूर्णकालिन प्रधानाध्यापकको नियुक्त पत्र प्रदान गरेका हुन् । विद्यालयले एक महिना लामो चलेको नयाँ प्रधानाध्यापक नियुक्त प्रक्रियाका विभिन्न चरणपछि पुनः दोस्रो पटक श्रेष्ठलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । पदभार ग्रहण, बधाई तथा शुभकामना कार्यक्रममा विव्यस अध्यक्ष कोइरालाले विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानलाई उच्च कदर गर्दे श्रेष्ठलाई पूर्णकालिन प्रधानाध्यापकको दायित्व दिईएको जानकारी दिए ।

उनले विद्यालयको शैक्षिक, मौलिक, व्यवसायिक तथा आर्थिकरुपमा विद्यालयलाई सःशक्तरुपले अगाडि बढाउन सफल प्रधानाध्यापक श्रेष्ठको कार्यकालमा एसईईमा सामुदायिक विद्यालयतर्फ देशैभरीमा ४ जीपीए ल्याउनुका साथै नेपाल सरकारद्वारा नमूना विद्यालय घोषणा गराउन सफल भएको जिकिर गरे । ‘नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ मा भएको व्यवस्था वमोजिम श्रेष्ठलाई पूर्णकालिन प्रधानाध्यापकमा नियुक्त गरिएको छ,’ उनले भने, ‘निर्र्देशिकाले पूर्णकालिन आवासियरुपमै पूर्णकालिन प्रधानाध्यापकको परिकल्पना गरेकोले सोही अनुसारको प्रक्रिया पुरा गरि श्रेष्ठलाई नियुक्त गरिएको हो ।’ उनले विद्यालयमा पूर्णकालिन प्रधानाध्यापक नियुक्तीबाट आगामी दिनमा अझ सुदृढ, प्रभावकारीसँगै प्रतिवद्धताका साथ कार्यसम्पादन हुने अपेक्षा व्यक्त गरे ।


पूर्णकालिन प्रधानाध्यापक श्रेष्ठले आगमी ५ वर्षको विस्तृत योजनावद्ध विद्यालय विकास प्रस्ताव पेश गरेका छन् । उनले आगामी ५ वर्षमा प्रत्येक कक्षाको नतिजा शतप्रति पु¥याउँदै औसत सिकाई उपलब्धी ९० प्रतिशत भन्दा माथि पु¥याएर ३ जीपीए बढी रहने लक्ष्य राखेको बताए । ‘विद्यालयलाई सूचना र अनुसन्धान केन्द्र बनाउँदै आधुनिक प्रविधियुक्त कक्षा कोठाको निर्माण गरि प्रयोगात्मक विधिबाट शिक्षण सुनिश्चित गरिनेछ,’ उनले भने, ‘आईसीटी दक्षता, प्रविधियुक्त शिक्षक कर्मचारी तयार गरि सर्वसुलभ सेवा प्रदान गर्ने जस्ता लक्ष्य निर्धारण गरेको छु ।’ उनले आफ्नो पहिलो कार्यकाल स्थिरता र सुधारको भएपनि दोस्रो कार्यकाल समृद्धि तथा विकास हुने दावी गरे । समृद्ध समाज एवं मर्यादित जीवनका लागि आर्दश विद्यालय बनाउने परिकल्पना गरिएको उनको भनाई छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख नारायणप्रसाद पौडेल, वीरेन्द्रनगर ६ नम्वर वडाअध्यक्ष मोतिप्रसाद कँडेल, शिक्षा युवा र खेलकुद शाखा अधिकृत उत्तमप्रसाद आचार्य, मप विश्वविद्यायका उपप्राध्यापक खिरबहादुर खड्कालगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Translate »