सुर्खेतमा पनि पुरुष दिवस मनाईयो
स्काई न्यूज /मंसिर ३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा पुरुष दिवस मनाईएको छ । मंगलबार अन्तर्राष्ट्रिय पुरुष दिवस सुर्खेतमा पहिलो पटक मनाईएको हो । लैगिङ्ग हिंसा विरुद्धको वर्ष, महिला हिंसा अन्त्य गर्न मेरो एक्यबद्धता भन्ने नारा सहित ¥याली प्रर्दशन् गरि दिवस मनाईएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै बालिका बचाउ अभियानका अभियन्ता सजना सुनारले पुरुष देख्दा सुन्दर नभई व्यवहारमा नैतिकवान बन्नु पर्ने बताईन् । पुरुषले जिम्मेवार भएर सचेतनाका क्षेत्रमा कार्यगरे मात्रै पनि लैगिङ्ग हिंसा कम गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा सहभागीले लैगिङ्ग हिंसा अन्त्यका लागि हरेक नागरिकले घरबाटै सुधार्नु पर्ने बताए । उनीहरुका अनुसार जतिसुकै नीति तथा कार्यक्रम ल्याएपनि कार्यान्वय पक्ष सुस्त हुँदा अब सरकारले गम्भीररुपले लाग्नु पर्ने बेला आएको छ ।