जन नमूना माविको ईतिहासमा भोज सरको स्थान

विदाइ तथा सम्मान कार्यक्रम

लोकप्रसाद ढकाल/ माघ १७, सुर्खेत ।
शिक्षक र शिक्षा एक आर्काका परिपूरक हुन् । शिक्षण एक संवेदनशिल पेशा हो । लामो समयसम्म शिक्षण पेशामा रहेर कार्य गरी मिति २०७६र१०र१७ गते भोज सर सेवावाट अवकास हुनु भएको छ । जति मिल्दा सुखको अनुभव हुन्‍छ, त्यस्तै गरी छुट्दा दुःखको महसुस हुने रहेछ । आज नमूना जन नमूना माध्यमिक विद्यालयबाट एक आर्दश शिक्षक सेवाबाट अवकास हुनुभएको छ। विज्ञान शिक्षकको अभाव अहिले पनि उत्‍तिकै रहेको छ । विक्रम सम्वत २०३८ सालतिर त्रिचन्द्र कलेजबाट विएस्सी अध्ययन पुरा गरी २०४२ सालमा जन नमूना माविमा विज्ञान शिक्षकको अभावलाई हटाउन निजामति क्षेत्रको जागिर छाडेर माध्यमिक तह विज्ञान  शिक्षकका रुपमा अध्यापन गराउनु भयो । ढकाल सरको जन नमूना माविमा उहाँको स्थानलाई गणना गर्न सकिदैन । त्यति लामो समयसम्म अध्यापन करिव ३४ वर्षको सेवा आफैमा उत्कृष्ट कार्य हो । विद्यालयमा विज्ञान विषयलाई कसरी सजिलोसँग पढाउन सकिन्‍छ भन्ने सोचमा सदैव चिन्तनशील हुनुहुन्थ्यो । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानका आधारमा सैद्धान्तिक ज्ञान सिकाएर विद्यार्थीलाई सन्तुष्ट बनाएरै छाड्ने उहाँको खुवी थियो । मिलनसार सहयोगी र अत्यन्त क्रियाशिल शिक्षकका रुपमा उहाँलाई चिनाउन सकिन्‍छ । एक उमेरले पाकोँ पढाएर खारिएको विज्ञान शिक्षकका रुपमा चिनाउन सकिन्‍छ।


‘औपचारिक कार्यक्रमका वीच भोजप्रसाद ढकाल सरको विदाई’
विद्यालयले एक ‌औपचारिक कार्यका वीचमा भोज सरको विदाइ गरेको छ । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले सभाको अध्यक्ष गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर कोइरालाले प्रमुख अथितिको भूमिका निर्वाह गर्नु भएको थियो । त्यस्तै गरी शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीले विशेष अथितिको भूमिकामा हुनुहुन्‍थ्यो र अन्‍य सदस्यहरु अथितिको भूमिकामा हुनुहुन्‍थ्यो।त्यस कार्यक्रमामा शिक्षक विद्यार्थीको उल्लेखनिय भूमिका रहेको थियो।विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले एक विज्ञ शिक्षकको विदाइ भएको तर उहाँको उपस्थिति सदैव अनिवार्य रहन्‍छ भन्‍ने कुरा बताउनुभयो।समितिका अध्यक्ष गोविन्द कोइरालाले सेवाबाट अवकास भएपनि उहाँको योगदानलाई कहिल्यै विर्सन सकिदैन भन्‍ने कुरा बताउनु भयो । ‘शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीले भन्नु भयो, ‘एक होनाहार शिक्षक आजबाट अवकास हुनुहुँदैछ । लामो समयसम्म अध्यापन गराउनु भएका शिक्षक ढकाल सर एक उत्कृष्ठ शिक्षक हुनुहुन्छ ।’ उहाँले ढकाल सरको योगदान कहिल्यै पनि भुल्न नसकिने बताउनु भयो । विदाई कार्यक्रममा भोज सरले भन्‍नुभयो,’ ‘विज्ञान विषय अफ्ठारो नभएर पढाउने शैली अफ्ठारो भएर हो । शिक्षकले विज्ञानलाई प्रयोगात्मकरुपमा आगाडि बढाउनु पर्छ र प्रयोगात्मकरुपमा पढाउनु पर्छ भन्‍ने मान्‍यता उहाँको रहेको थियो ।’ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायतको सहभागितामा भोजप्रसाद ढकाल सरको विदाइ गरिएको थियो । उहाँको अवको जीवन आन्दित मर्यादित पुस्पित पल्लवित र सुवासित बन्दै जाओस् भन्दै उक्त कार्यक्रम समापन गरिएको कार्यक्रमको संचालक गोपीकृष्ण ढकालले बताउनु भयो ।

Translate »