विश्व भोकमरी सूचकांक : नेपाल दक्षिण एशियामा दोस्रो, भारत पाँचौंमा

असोज २९, काठमाडौं । विश्व भोकमरी सूचकांक globalhungerindex मा नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा पुगेको छ । हालै सार्वनजिक ग्लोबल हंगर इन्डेक्स–२०२२ को प्रतिवेदन अनुसार नेपाल विश्वका १२१ देशमध्ये ८१औं स्थानमा रहेको हो । गत वर्ष भने नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो ।

दक्षिण एशियामा नेपालभन्दा अघि श्रीलंका छ । ऊ ६४औं स्थानमा छ । यो सूचीमा बंगलादेश, पाकिस्तान र भारत क्रमशः तेस्रोबाट पाँचौं स्थानमा छन् । प्रतिवेदन अनुसार बंगलादेश ८४औं, पाकिस्तान ९९औं र भारत १०७औं स्थानमा छन् । दक्षिण एशियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९ औं स्थानमा छ ।

यो सूचकांकमा छिमेकी चीनसहित १७ देशको स्कोर ५ अंकभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा चीनसहित टर्की, उरुग्वे, बेलारुस, चिलीलगायत देश छन् ।

विश्व भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्र्याकिङ हो । यसमा कुपोषण, शिशुको गम्भीर कुपोषण, बालबालिकाको विकासमा अवरोध र बाल मृत्युदरलाई आधार मानिएको छ ।

सूचकांकको कुल स्कोर १०० अंक राखिएको छ, यसले भोकमरीको गम्भीरताको स्थिति देखाउँछ । यदि कुनै देशको स्कोर शून्य अंक छ भने उसको स्थिति राम्रो मानिन्छ । तर, १०० अंक स्कोर भएको देशको स्थिति खराब मानिन्छ । आर्थिक अभियान

Translate »