७०० भन्दा बढी नेपाली विदेशका विभिन्न जेलमा


फागुन १९, काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने भनिए पनि अझै त्यसो हुन नसकेको पाइएको छ । ७०० भन्दा बढी नेपाली रोजगार गन्तव्य मुलुकका जेलमा रहेको तथ्य सार्वजनिक भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदनका अनुसार वैदेशिक रोजगारीका लागि पुगेका ६९६ पुरुष र ३९ जना महिलासहित ७३५ नेपाली विभिन्न जेलमा छन् । पछिल्लो समयमा रोजगारीका लागि विदेश गएका नेपाली जेल पर्ने क्रम बढेको देखिन्छ । सन् २०२२ मा मात्रै ३४७ पुरुष र २४ महिला गरी ३७१ जना विदेशमा जेल परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्सको जेलमा ३७१ नेपाली छन् ।आर्थिक अभियान

