भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

राजस्थान । राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए । राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन् । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको उनले बताए ।

दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो । डीजीपी मिश्राका अनुसार दुई घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो । त्यसक्रममा बाटोमा एक जवानको मृत्यु भयो। (एजेन्सी)

 

Translate »