विकासको काम कसरी अघि बढ्छ हामी देखाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम अब कसरी अगाडि बढ्ने भन्ने कुरा आफूहरुले देखाउने बताएका छन् ।

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने भनेका छौं । हिजो त हामीले सुरु मात्रै गरेका हौं । हिजो हामीले खाली औपचारिक क्याबिनेट बैठक मात्रै गरेका हौं । यस उप्रान्त मन्त्रालयगत हिसाबले हामी विकासको कामलाई कसरी अघि बढाउँछौं भन्ने कुरा हामीले देखाउँछौं ।’