२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 16, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा दशै जिल्लाका सुरक्षा प्रमुखसँग छलफल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपद् जोखिमको हिसाबले सबैभन्दा बढी जोखिमयुक्त प्रदेश भएकोले विपद् न्यूनिकरणमा अन्यत्र भन्दा कर्णाली प्रदेशमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताएका छन् ।

जिल्लाको बस्तुस्थिति जानकारी लिन र विपद् न्यूनिकरणमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कामहरुको बारेमा आवश्यक परामर्श लिन आज आयोजित जुम बैठकमा प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग मुख्यमन्त्री कँडेलले बताएका हुन् ।

भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायहरुले उत्कृट कार्य गरिरहेको भन्दै उनले तीन तहका सरकारका आ–आफ्नै सीमा र दायित्व भएपनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकोले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्नेमा जोड दिए ।

‘विकासले निम्तिएका कतिपय विनासका कारण पनि कर्णाली प्रदेशमा विपद् जोखिम बढदै गएकोमा मुख्यमन्त्री कँडेलले चिन्ता व्यक्त गर्दे अब विकासको मोडेलको बारेमा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवालाबीच छलफल चलाउनु पर्ने देखिन्छ,’ उनले भने, ‘जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो ? तपाईहरुले पनि आफनो मातहतका कार्यालयहरुबीच छलफल चलाउन मैले आवश्यकता ठानेको छु ।’

भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरै जसो लाभग्राहीले अझै पनि दोश्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कँडेलले त्यसतर्फ आफनो ध्यान जाने बताए ।

उनले जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको सुझावहरुप्रति संकेत गर्दे मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् व्यवस्थापनका विषयमा आफनो तफबवाट समन्वय गरिरहेको र सरकारको तर्फबाट दायित्व वहन गर्नुपर्ने विषयहरुमा आफ्ना संरचनाहरुलाई तैयारी अवस्थामा राख्न सुझाव दिए ।

बैठकमा नेपाली सेना उत्तर पश्चिम पृतनापति अनुपजंग थापा, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख अर्जुनबहादुर चन्द शसस्त्र प्रहरी बल महेश्वरी वाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्णाली प्रदेश प्रमुख माधव तिमिल्सेनाले मातहतका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार
Translate »