त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १५ जनाको शव निकालियो, क्याप्टेनसहित दुईको उद्धार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ । क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ ।


काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले यो कुरा पुष्टि गरेका हुन् ।

‘कसैले जहाजमा १९ जना भनिरहेका छन्, कसैले १७ जना । १७ जना सवार भएको भए हिसाब मिलिसक्यो । तर १९ जना भएको भए दुईजनाको खोजी गरिरहेका छौं,’ घटनास्थलबाट उनले भने ।

Translate »