काँग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

काठमाडौं । नेपाली काँग्रेसका नेता  तथा  पूर्वमन्त्री  गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन्  ।

सर्वोच्च अदालतले आइतबार उनलाई दोषी ठहर गरेको हो । अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद फैसला पनि सुनाएको छ ।


विशेष अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Translate »