जापानले एकै पटक ३० हजार नेपाली लैजाने

काठमाडौं । जापानमा भवन सरसरफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो ।

जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।

Translate »