कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

आज (सोमबार) दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका २३ सांसदले विश्वासको मत दिएसँगै उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १४ मत परेको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले यहीं ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

४० जना सांसद मध्ये ३७ जना उपस्थिति थियो । कँडेलको पक्षमा नेकपा एमालेका ९ र नेपानी काँग्रेसका १४ सांसदले मत हालेका थिए ।

सरकार जोगाउनका लागि २१ सांसदको समर्थन चाहिएकोमा कडेलको प्रस्तावको पक्षमा २३ मत परेसँगै उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक÷एक जना सांसद छन् ।

Translate »