कोहलपुरको होटलमा बास बसेका सुर्खेतका एक युवाको मृत्यु


कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–११,पुरानो बसपार्कको होटलमा सुर्खेतका एक युवाको मृत्यु भएको छ ।
साउन २३ गतेदेखि शिशिर होटलको कोठा नम्वर १०३ मा बास बस्दै आएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, निववासी २५ वर्षिय राजेन्द्र बस्नेतको आज मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्तक बस्नेत सुर्खेतकै भुवन थापा र निशा वलीको साथमा होटलमा बास बस्न आएका थिए । प्रहरीका अनुसार होटलको कोठा नम्वर १०३ मा दुई वटा वेड भएको र बस्नेत छुट्टै एउटा वेडमा सुतिरहेको अवस्थामा अचेत भेटिएका थिए ।

अचेत अवस्थामा रहेका बस्नेतलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याईएपनि उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
के कारणले मृत्यु भएको भन्ने खुलेको छैन तर प्रारम्भिक अनुसन्धान अनुसार लागूऔषधको मात्र बढी भएर मृत्यु हुन सक्ने आशंका गरिएको उनले जनाए । उनका अनुसार मृत्तकका साथमा आएका दुई साथीहरु भुवन थापा र निशा वलीलाई नियन्त्रणमा लिई आवशक अनुसन्धान भइरहेको छ ।

