पहिरोले मध्यपहाडी लोकमार्गसँगै जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध


ढोरपाटन । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरद्ध सडक खोल्ने प्रयास जारी छ ।

यसैवीच जाजरकोटको पिपेखाेलामा यातायातका साधन आवतजावत गर्ने हेम पाइप खेलखाले बगाउदा जाजरकोट–डाेल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
जाजरकोटको भेरी नगरपालिका– १ पिपे नजिकै खेलखाले हेपपाइप बगाउँदा जाजरकोट खलंगाबाट भएर छिमेकी जिल्ला रुकुम पश्चिम, डोल्पा जाने/आउने सबै यातायातका साधन ठप्प भएका छन् ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

