हुम्लाको चंखेली जीप दुर्घटनाका गम्भीर घाइते चार जनालाई हेलिकप्टरबाट उद्दार गरी सुर्खेत ल्याईयो

हुम्ला । बिहान ८ बजे दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनालाई उद्दार गरिएको छ।

गम्भीर घाइते भएका चंखेली गाउँपालिका–२, का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, रारा छायानाथ नगरपालिका–१३, का रमेश मल्ल र रारा छायानाथ–१, का  पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरि प्रदेश अस्पताल सुर्खेत ल्याईएको हो ।

कर्णाली प्रदेश ०२–००१च ०९२२ बोलेरो जीप दुर्घटनामा ७ जना घाइते भएको मिमि प्रहरीचौकी हुम्लाले जनाएको छ । अन्य घाइतेलाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमि प्रहरीचौकी हुम्लाका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले बताए ।

बिरामी उद्दार खर्च चंखेली गाउँपालिकाको विपद् कोषबाट खर्च तिर्ने गाउँपालिका श्रोतले जनाएको छ । खर्च ५ लाख २० हजार रहेको श्रोतले उल्लेख गरेको छ ।

Translate »