३४ तोला अवैध सुनसहित चार जना पक्राउ

नेपालगञ्ज । बाँकेमा प्रहरीले ३४ तोला अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जबाट ३४ तोला अवैध सुन बरामद गरेको हो ।


विशेष सूचनाका आधारमा बाँके प्रहरीको टोलीले नेपालगञ्जको सुनारमण्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको हो । बाँके प्रहरीका अनुसार सोमबार दिउँसो अवैधरुपमा राखिएको ३२ तोला सुन र १० किलो चाँदीसहित ४ जनालाई पक्राउ गरिएको छ ।

Translate »