नौ प्रकारका कोदोको परीक्षण सुरु
बाँके । बाँकेको चिसापानीको गाभरस्थित सामुदायिक जिन बैङ्कमा नौ प्रकारका कोदोको परीक्षण सुरु गरिएको छ । यो परीक्षण हो ।
राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाको नेतृत्वमा स्थानीयको साझेदारीमा सुरु गरिएको कार्यक्रम अन्तर्गत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित सुख्खा ठाउँमा पनि उब्जनी दिनसक्ने कोदोको बिउको परिक्षण गरिएको छ ।
परीक्षण गरिएका नौ प्रकारका कोदो मध्ये पाँच वटा स्थानीय जिन बैङ्कको, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा विकास गरिएको, र बाँकी दुई वटा स्थानीय जातको रहेका छन् ।
प्राविधिक थापाका अनुसार, कोदोको प्रतिफल मङ्सिरसम्म आउने अपेक्षा छ र यदि परिणाम सकारात्मक भएमा कोदो खेतीलाई व्यावसायिक स्तरमा विस्तार गर्ने योजना रहेको छ । चिसापानीको गाभरमा स्थापित सामुदायिक जिन बैंकले सुख्खा क्षेत्रमा कोदो खेतीबाट आय आर्जन गर्ने सम्भावना बढाउने आशा गरिएको छ ।
सामुदायिक जिन बैङ्क स्थापना भएसँगै, यस क्षेत्रका किसानहरूमा उत्साह बढेको छ ।