भ्रष्ट्राचारीहरुलाई कार्वाही गर्दा सत्ताबाट बाहिरनु पर्‍यो : अध्यक्ष प्रचण्ड

सुर्खेत ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका भ्रष्ट्राचारीहरुलाई कार्वाही गर्न थालेपछि आफु प्रधानमन्त्रीबाट बाहिरनु परेको बताएका छन् ।

माओवादी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आईपुगेका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई जोगाउनकै लागि आफु नेतृत्वको सरकार परिवर्तन भएको तथ्य पुष्टि भईसकेको दावी गरे । तर गलत कार्य गर्नेलाई माओवादी केन्द्रले कदापी नछोड्ने चेतावनी दिँदै उनले सत्य र जाजय मुद्धा विरुद्धको आवाजलाई कसैले धम्कीका रुपमा नबुझ्न समेत स्पष्ट पारे ।

आफु नेतृत्वको सरकार हस्तान्तरण आवश्यक नरहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने बताए । उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको जनाए ।

‘आफ्नो पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको छ,’ उनले भने, ‘यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रुपमा सतहमा ल्याएका छन् । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भईसकेका छन् ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले आफू ७० वर्ष कट्दै गरेको र सधैं नेतृत्वमा बसिरहनु पर्छ भन्ने मान्यता आफ्नो नभएको बताए । अब पार्टीमा एउटा राम्रो टिम बनेपछि अर्का भूमिकामा जाने बारेमा आफुले सोचिरहेको उनको भनाइ थियो ।

Translate »