पुस्तकालय सुःसञ्चालनमा ल्याउनु सुनमा सुगन्ध भरे जस्तै हो : मुख्यमन्त्री कँडेल


सुर्खेत । कणाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालय मानव जीवनसँग गाँसिएको हुनाले यसलाई जनस्तरबाट माथि उठाउन आवश्यक रहेको बताएका छन् ।
पठन संस्कृतको विकास गर्न नेकपा (एमाले) सुर्खेतले पहिलो पटक आफ्नो पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको आज उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले पुस्तकालय स्थापना गर्नु उपलब्धि हो भने त्यसलाई सुःसञ्चालनमा ल्याउन सक्नु सुनमा सुगन्ध भरे जस्तै हुने बताएका हुन् ।


उनले पुस्तकालय स्थापना र सञ्चालनमा सरकार भन्दा पनि नागरिक आफै सचेत हुन आवश्यक रहेको औल्याए । पुस्तकालय उद्घाटन कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पछिल्लो समयमा पठन संस्कृति कम हुँदै गएकोले नेता कार्यकर्ताहरुमा अध्ययन, अनुसन्धान तथा नयाँ चिन्तनको खोजीको विकासका लागि पुस्तकालय स्थापना गरिएको बताए ।
उनले करिब १० लाख रुपैयाँ लागतमा विभिन्न बहुमूल्य पुस्तकहरु संकलन गरी आजै पुस्तकालय दिवसको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याईएको जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेता गेहेन्द्रप्रसाद दहाललगायतको उपस्थित रहेको थियो ।


