कर्णाली राजमार्ग खुल्यो
सुर्खेत । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि सडक खुलेको हो ।
गएराती खसेको पहिरोले हुल्म, यस मोड, गगने खोलामा सडक अवरुद्ध भएको थियो । १८ घण्टापछि आज दिउँसोदेखि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार साँघुरो सडक भएकाले एकातर्फका गाडी पास भएपछि अर्कोतर्फका गाडी पठाइने गरिएको छ । थप पहिरो पन्छाउनका लागि डोजर, एक्स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोली हेभी इक्युपमेन्टसहित परिचालन भएको छ ।