

काठमाडौं । भनिन्छ एक राम्रो विद्यार्थी हुनका लागि बलियो स्मरणशक्तिका साथै लेखाई (ह्यान्ड्सराइटिङ्ग) पनि राम्रो हुनुपर्छ ।
नेपालकी प्रकृति मल्ल तीनैमध्येको एक हुन् । प्रकृतिको ह्यान्ड्सराइटिङ्गलाई विश्वकै सबैभन्दा उत्कृष्ट लेखाईका लागि छनौट गरिएको छ ।

सन् २०१६ मा कक्षा ८ अध्ययनरत रहेकै बेला उनी विश्वको सबैभन्दा उत्कृष्ट लेखाईका लागि प्रसिद्ध भएकी थिइन् । अद्भुत लेखाईका कारण उनलाई नेपाल सरकार र सेनाले पुरस्कृत पनि गरिसकेको छ । प्रकृतिको लेखाई कम्प्युटराइज्ड हो वा हातले लेखेको हो भनेर छुट्याउन निकै मुश्किल हुन्छ ।
उनको लेखाईको चर्चा बेलाबेला भइरहन्छ । २२ वर्षीया प्रकृतिको लेखाइलाई नेपालस्थित दुवई राजदूतावासले उत्कृष्ट लेखाईका लागि अवार्ड दिएको थियो । नागरिक न्यूज
प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार











