नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी

दैलेख । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ ।

शुक्रबार भएको निर्वाचनको आज सार्वजिनिक परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । उनले नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भएका हुन ।


नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठबन्धनलाई हराउँदै अनेरास्ववियुले (स्ववियु) मा वर्चस्व कायम राख्न सफल भएको छ । यस्तै सचिवमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरेकी हुन् । सदस्यतर्फ पनि अनेरास्ववियुका पूर्णिमा रानामगर र पुष्पकमल अधिकारी विजयी भएको अनेरास्ववियु कर्णाली प्रदेश ईन्चार्ज संजीव धितालले जानकारी दिए । उनका अनुसार निर्वाचन परिणाम पश्चात अनेरास्ववियुले विजयी जुलस निकालेको थियो ।

Translate »