२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

जाजरकोटमा चट्याङ लागेर महिलाको मृत्यु



जाजरकोट । जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ जिल्लाको भेरी नगरपालिका–२ पोखरा बस्ने मोहनलाल कामीकोको घर नजिकै चट्याङ पर्दा उनको ५५ वर्षीया श्रीमती कौसिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चट्याङ लागेर उक्त घर छेउमै बाँधेको भेडा समेत मरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ ३० गते आइतबार
Translate »