संविधान संशोधनको जिम्मेवारी काँग्रेसको काँधमा : सभापति देउवा
वीरगञ्ज । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरी सबैको अधिकारलाई सुचिश्चित गर्ने महत्पूर्ण जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन् ।
वीरगन्जको रामगढवामा निर्माण भएको नेपाली काँग्रेस पर्साको कार्यालयको उद्घाटन गर्दै सभापति देउवाले यो जिम्मेवारीलाई काँग्रेसले सबैको सहयोगमा पुरागर्ने बताएका हुन् । आजको अवश्यक्ता भनेकै अधिकारबाट बन्चित रहेका महिला, मधेसी ,मुस्लिम दलित, आदिवासी जनजातीको अधिकारलाई संविधान संशोधनमार्फत सुनिश्चित गर्नु रहेको उनको भनाइ छ । उनले पार्टीलाई आएको जिम्मेवारी नेपाली काँग्रेसले हरहालतमा पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने वर्तमानमा आवश्यकता औल्याए । ‘सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौं ।’