सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

सुर्खेत । अछाममा आज नेपाली सेनाको हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्दार गरिएको छ ।


ढकारी गाउँपालिका–६, की ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी व्यथा लागि लागे पछि ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा सुत्केरीको उपचार हुन नसके पछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याईएको हो । उनको उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको ढुङ्गाचाल्ना स्वास्थ्य चौकीले जनाएको छ ।

ग्रामीण सडक खराब भएका कारण एम्बुलेन्सद्वारा उद्दार गर्न नसकिने भएपछि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याईएको हो ।

Translate »