स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।


प्रवक्ता महतका अनुसार उक्त उपनिर्वाचनमा दलको दर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरू भइसकेको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ ।

Translate »