२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

माटोको ढिस्काले पुरिएर दुई जनाको मृत्यु



हुम्ला । माटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताजाँकोट गाउँपालिका–३ का धुर्ब शाही र मनसुरा मल्लको माटोको ढिस्कोले पुरिएर बुधवार मृत्यु भएको हो ।

ताजाँकोट गाउँपालिका–३ को रामा गाउँको अउल भन्ने स्थानमा दशैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घटनामा एक जना सामान्य घाइते र दुई जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार
Translate »