भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशद्वारा शुभकामना आदान प्रदान

वीरेन्द्रनगर । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश कार्यसमितिले विजयादशमी, शुभ दिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशका अध्यक्ष काँशीराम भट्टराईको अध्यक्षता र भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष यज्ञप्रसाद उपाध्यायको प्रमुख आथित्यततामा आज सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा वशिष्ट ऋषीको सम्झना गर्दै शुभारम्भ गरिएको थियो । शुभकामना आदान प्रदान कार्यक्रमको सहजिकरण तथा सञ्चालन प्रतिष्ठानका सचिव शोम भट्टराईले गरेकी थिईन् ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य देवी भट्टराई, केन्द्रिय सदस्य प्रेम प्रसाद भट्टराई, समाज सेवी एवम् प्रतिष्ठानका सल्लाहकार गंगाराम भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद भट्टराई लगायतको उपस्थितमा एक आपसमा अमृत रुपी शब्द गुच्छाबाट शुभकामनाका ब्यक्त गरेका थिए ।

भट्टराइ परिवारमा घटस्थापनाको महत्वका साथै वंशाबलीमा छुट भएको परिवारको लगत संकलन गरी वंश नं का लागि वंशावलीमा नाम समावेश गर्न केन्द्रमा पठाउनु पर्ने विषयमा समेत कार्यक्रमा छलफल भएको थियो । शुभकामना ब्यक्त गर्दै गर्दा प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद उपाध्यायले भट्टराईको ईतिहास कुल पुजा र कुल मन्दिरका वारेका एकरुपता कायम गरि सामाजिक क्षेत्रमा उदारणिय कार्य गर्न यस परिवारबाट अरु सबैले अनुसरण गर्न सक्ने ब्यवहार कार्य गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष काँशीराम भट्टराइले आउदै गरेको विजयादशमी तथा शुभ दिपावली छट पर्वले भाईभाईमा एकताबद्ध हुँदै समाजमा उदारणिय परिवार बन्न जरूरी रहेको औल्याए । घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता बशिष्ट ऋषी कुल पुजाका विधि तथा घामी घनन्तरीका वारेका जानकारी गराउदै सकरात्मक सोचको विकास गराउन आबश्यक रहेको उनको भनाइ थियो ।

भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्माको सिजा क्षेत्र प्रमुख स्थल भएको सो क्षेत्रमा शिलालेख ताम्रापत्र भोजपत्रमा १३२० भन्दा पहिला नै भट्टराई बसोवास गरेको पाईन्छ । हाल कर्णाली‍ प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र हुम्लामा समेत जिल्ला समितिहरु गठन भएको र रुकुम पश्चिममा गठन हुने क्रममा रहेको बताईएको छ ।

वंशावलीमा नाम समावेश भएको र पहिला छुट भएका सुर्खेतको केही परिवारको नामावली समेत वंशावली २०७९ मा समावेश भएको छ भने कालिकोट, हुम्ला र रुकुम पश्चिमको वंशावली संकलनको काम भईरहेको प्रतिष्ठानले जनाएको छ ।

Translate »