आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत ।  आज (कात्तिक १ गते) कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरि सार्वजनिक बिदा दिएको हो । आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा)को अवसरमा बिदा दिने निर्णय गरेको हो ।

Translate »