राष्ट्रिय उपभोक्ता मञ्च काठमाडौंका अध्यक्ष श्रेष्ठको ५४ वर्षको उमेरमा निधन

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च काठमाडौंका अध्यक्ष मदन श्रेष्ठको ५४ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा आज विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा उनको निधन भएको हो । निमोनियापछि कलेजोमा पानीको मात्रा धेरै हुँदा श्रेष्ठको निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकले उनलाई बचाउन लामो मेहनत गरेपनि अन्तहः ५४ वर्षको अल्पआयुमै भएको निधनले उपभोक्ता आन्दोलनलाई क्षति पुगेको राष्ट्रिय उपभो्क्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले बताए ।

उनले भने, ‘अनित्य यो संसारमा कोही पनि चिरञ्जीवी हुँदैन, ध्रुव सत्य यही हो । तर दैवले सामान्य रोग व्यथामै मृत्युबरण गराउँछ, पत्याउन गाह्रो छ । ४ दिन देखि भेन्टिलेटरमा राखिएको मदनलाई म र मेरो श्रीमती सहित साथीहरुले भेट्न गएको तर बोल्न नसक्ने अवस्थामा उनी थिएनन् । अत्यन्त भावनात्मक संदेश दिंदै हामीलाई छोडेर जान्छ भन्ने कल्पना पनि गर्न सक्दैन् ।’

काठमाडौं जिल्ला अध्यक्ष श्रेष्ठको निधनले आफु अत्यन्त मर्माहत भएको भन्दै उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । पाँच वर्ष पहिले नै श्रीमती गुमाएका श्रेष्ठका दुई छोरा छन् ।

Translate »