२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

वैचारिक शक्तिकै कारण एमालेप्रति जनताको आकार्षण बढ्यो : उपमहासचिव ज्ञवाली



सुर्खेत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले भित्र रहेको वैचारिक शक्तिकै कारण पार्टीप्रति जनताको आकर्षण रहेको बताएका छन् ।

आज नेकपा एमाले सुर्खेत जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय स्कुल विभागका प्रमुख समेत रहेका ज्ञवालीले नेकपा एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा जगाएकाले पार्टीका सबै तह र तप्का संगठन निर्माण जुट्न आव्हान गरे । उनले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको मात्र छैन्, दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी समेत भएको बताए ।

एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले देशलाई गतिशील बनाउन विभिन्न योजनाहरुमा अहिले काम गरिरहेको उनको भनाइ थियो । तीन दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, नेकपा एमाले केन्द्रीय सदस्यद्वय नवराज रावत, ठम्मर विष्ट, नेता राजबहादुर बुढा, बालाराम शर्मा ,गेहेन्द्र प्रसाद दाहाल ,सुन्दर लामिछाने, सुर्खेत अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहन बडुवाललगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
Translate »