गण्डकी प्रदेशसभा सदस्य मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर
मनाङेलाई ५ बर्ष कैदको फैसला


काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ्ग ‘दीपक मनाङे’ लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।
२०७८ मा उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । मनाङ्गे उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा गएका थिए ।

