

सुर्खेत । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रानीमत्ता नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजेको समयमा दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाईते भएका छन् ।


प्रहरीका अनुसार मृत्तकको पहिचान अझै खुल्न सकेको छैन् । चौंतीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार ३ जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार











