

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरको ढोलेखालीबाट अबैध काठ बरामद गरेको छ ।
वन कार्यालयको गस्ती टोलीले आज वीरेन्द्रनगर–१, ढोलेखाली स्थित विवेक शुभलक्ष्मी सःमिल तथा महालक्ष्मी फर्निचर उद्योगमा अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा ६९ दशमलव ७६ क्यूफिट काठ बरामद गरेको हो ।


डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठका अनुसार साल जातको ४ थान गोलिया काठको ४३ दशमलव १७ क्यिूफिट र ९४ थान चिरानको २६ दशमलव ५९ क्यिूफिट गरी ६९ दशमलव ७६ क्यिूफिट काठ बरामद भएको छ ।
अबैध काठ नियन्त्रणमा लिएर घटनामा संलग्न कसुरदारलाई आवश्यक कार्वाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाईएको डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार











